बुधबार, साउन २७, २०८३

कांग्रेस उपसभापति निधि पुगे बाढी प्रभावित क्षेत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। मंगलबार धनुषा पुगेर निधिले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका हुन्। 

अबिरल वर्षापछि आएको बाढीबाट जनजीवन प्रभावित क्षेत्र पुगेर निधिले स्थलगत निरीक्षण गरेका छन्। सीमाक्षेत्र जटही, तुल्सियाही, कोल्हुवा, लोहनाका साथै पौडेश्वर पुगेर बाढीबाट भएको क्षतिबारे निधिले जानकारी लिएका थिए। 

सीमा नजिकै रहेको जलाइद नदीको पुल बाढीले भत्काउँदा आवतजावत गर्न सर्वसाधारणलाई समस्या भएको छ। भारी वर्षापछि सदरमुकाम जनकपुरभन्दा दक्षिणमा पर्ने निर्वाचन क्षेत्र नम्बर ३ को अधिकांश क्षेत्र प्रभावित भएको छ। 

१० दिनको तलब दिने संसदीय दलको निर्णय

नेपाली कांग्रेस प्रदेश २ का सांसदहरुले बाढी प्रभावितलाई १० दिनको तलब दिने निर्णय गरेका छन्। मंगलबार पार्टी उपसभापति निधिको उपस्थितिमा प्रदेशसभा भवनमा बसेको संसदीय दलको बैठकले बाढी प्रभावितलाई सबै सांसदले १० दिनको तलब सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेत उपेन्द्र कुशवाहाले जानकारी दिए।

यसका साथै बैठकले बाढीमा परेर ज्यान गुमाएका परिवारलाई भेटेर समवेदना व्यक्त गर्नुका साथै पीडित परिवारलाई यथाशीघ्र राहत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।