बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव–सरकार वार्ताको पहिलो चरण : दुबै पक्ष सकारात्मक

विप्लव–सरकार वार्ताको पहिलो चरण : दुबै पक्ष सकारात्मक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव बीचको अनौपचारीक वार्ता सकिएको छ। वार्तामा विप्लव  भने  सहभागी  भएनन्। विप्लव समूहका दोस्रो तहका नेता र सरकारी अनौपचारिक वार्ता टोलीबीच पहिलो चरणको वार्ता नेपालगंजमा सम्पन्न भएको हो।

सरकारी पक्षले पहिलो चरणको वार्तामा विप्लव नै सहभागी हुने अपेक्षा राखेपनि उनी भने सहभागी भएनन्।

छलफल सकेर सरकारी टोली काठमाडौं फर्कदैं छ। छलफलमा उठेका विषय र विप्लवले राखेका मागका विषयमा सरकारी वार्ता टोलीले प्रधानमन्त्री ओलीलाई रिपोर्टिङ गर्ने छ। टोलीले बुधबार विप्लव समूहसँगको वार्तामा उठेका विषयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने कार्यतालिका तय भएको छ।

विप्लव समूहले छलफलमा उठेका  कतिपय विषय बाहिर आएको र उक्त विषयलाई अतिरञ्जित गरिएको भन्दै  सरकारी वार्ता टोलीलाई  छलफलका विषय गोप्य राख्न आग्रह गरेको छ। 

उच्च स्रोतका अनुसार पहिलो चरणको वार्ताबाट दुवै पक्ष सकारात्मक देखिएका छन्। दोस्रो चरणको वार्ता छिट्टै गर्ने सहमतीसमेत बनिसकेको छ। वार्ताका लागि  विप्लव समूह सकरात्मक देखिएपछि सरकारी वार्ता टोली उत्साहित बनेका छ।

दोस्रो चरणको वार्तामा सरकारी तथा विप्लव समूहका उच्च तहबीच छलफल हुने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।

वार्ता अघि विप्लव समूहले उसमाथी लगाइएका प्रतिबन्ध हटाउनुपर्ने, जेलमा रहेका कार्यकर्ता रिहा गर्नुपर्ने र मुद्दा फिर्ता लिनुपर्ने अडान राखेको थियो। यता सरकारले भने विप्लव समुह शान्तिपूर्ण राजनीतिमा आउने निश्चित भए उसमाथिका सबै मुद्दा फिर्ता लिने आश्वासन दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।