बुधबार, साउन २७, २०८३

डुवेर बालकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कंचनपुरको वाणिमा रहेको वण्ड नदिमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्णपुर नगरपालिका- २ का स्थानीय शिव नाथका आठ वर्षीय छोरा राजेश नाथ रहेका छन्।

दिउँसो नदीमा पौडी खेल्न गएका नाथको डुबेर मृत्यु भएको अस्थाई प्रहरी पोस्ट वाणिका प्रमुख इन्चार्ज जनक बहादुर चन्द्रले जानकारी दिए। उनले सोमबार राती १० बजे बालक हराएको खबर प्राप्त भएपछि अनुसन्धानको क्रममा मंगलबार बिहान ७ बजे शव फेला परेको बताए।

बालकको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल लगिएको प्रहरी प्रमुख चन्दले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।