बिहीबार, साउन २८, २०८३

कार्यालयमै मदिरामा लठ्ठ भेटिए वडा सचिव 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कञ्चनपुरमा कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको वेदकोट नगरपालिका-९ का वडा सचिव सुन्दर बोहरालाई कार्यालयमै मदिरामा लठ्ठ परेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले वडा सचिव बोहराले मदिरा सेवन गरेर सेवाग्राहीलाई दुःख दिएकाले पक्राउ गरिएको बताए।

भट्टका अनुसार उनलाई सेवाग्राहीले दिएकै सूचनाका आधारमा पक्राउ गरिएको हो। वडा सचिव बोहराले कार्यालय समयमै मदिरा सेवन गरी सेवाग्राहीलाई दुःख दिँदै आएको वडा अध्यक्ष राम सिंह धामीले बताए। 

पटक पटक आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर प्रहरीलाई खबर गरिएको उनले बताए। महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।