शनिबार, कात्तिक १७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्याकेजमै 'डिल' गर्ने ओली–प्रचण्डको तयारी

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
Metro Mart
vianet
काठमाडौं - सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विगत लामो समयदेखि अल्झिएको विवाद समाधानतर्फ अगाडि बढेको छ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीको एकीकरण तथा सरकारको भाग बण्डाका विषयमा प्याकेज मै सहमति हुने भएको छ।

द्वन्द्वकालिन मुद्दा समाधान गर्न सत्य निरुपन तथा मेलमिलाप आयोगको पदाधिकारीका विषयमा प्रधानमन्त्री ओली र प्रचण्डबीच सहमति भएपछि प्याकेजमै सबै कुरा टुंगिन लागेको हो।

प्रधानमन्त्री ओली र प्रचण्डकै सहमतिमा आयोगका पदाधिकारीको सिफारिस हुन लागेको हो। जसका लागि बैठकसमेत डाकिएको थियो। तर, केही कारणवस स्थगित भएको थियो।

नेकपा स्रोतका अनुसार आयोगको पदाधिकारीको विषयमा टुंगो लागेसँगै मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि सहमति भएको छ। यसैगरी, पार्टीका नेताहरुको कार्यविभाजन पनि अगाडि बढाइएको छ।

प्रधानमन्त्रीलाई असार मसान्तमा बुझाइएको मन्त्रीहरुको कार्यप्रगतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गरिनेछ। जसका लागि प्रधानमन्त्री ओली र प्रचण्डबीच सहमति भइसकेको स्रोतको दाबी छ।
 
असारको अन्तिम साता दुई दिनसम्म बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री फेर्ने विषयलाई प्रष्टसँग उठाइएको थियो।

हुन त मन्त्रिपरिषद् पुनर्गठनका विषयमा यसअघि पनि छलफल चलेको थियो तर प्रधानमन्त्री ओलीले अन्तिम समयमा अस्वीकार गर्दै आएका थिए। अहिले प्रधानमन्त्री ओली पनि मन्त्री फेर्ने विषयमा सकारात्मक रहेको स्रोतको भनाई छ।

यसैसात सचिवालय बैठक बोलाएर सबै विषयलाई टुंगो लगाउने तयारी भएको नेकपाका एक सचिवालय सदस्यले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।