बुधबार, साउन २७, २०८३

भोलिदेखि वेभमा आधारित ढुवानी प्रणाली लागु हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– भोलि देखि (साउन १) वेभमा आधारित ढुवानी प्रणाली लागु हुने भएको छ ।

राजस्व अनुसन्धान विभागले व्यापारी व्यवसायीहरुलाई सामान ओसार पसारको लागि सहजहोस् भन्ने हेतुले भोलिदेखि सो प्रणाली लागु गर्न लागेको हो । 

वेभ प्रणाली अन्तर्गत व्यापारी व्यवसायिले एक स्थानबाट अर्को स्थानमा व्यवसायिक प्रयोजनको माल सामान ओसारपोसार गर्नु पूर्व सम्पुर्ण विवरण विभागको वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा राख्नुपर्ने व्यवस्था छ । 

त्यस्तै विभागले राजमार्गमा अवस्थित राजश्वका ढाटहरु हटाउने व्यवस्था पनि गरिएको छ, जसले व्यापारी व्यवसायिलाई सहज हुने छ । 

एक बर्ष परिक्षणको रुपमा लागु गर्न चेम्वरको आग्रह 

नेपाल चेम्बर अफ कमर्सले विभागले साउन १ देखि लागु गर्न लागेको सो व्यवस्था भने एक बर्षको लागि परिक्षणको रुपमा लागु गर्न आग्रह गरेको छ । नयाँ व्यवस्थाबाट व्यवसायीहरुलाई सहजता नभएर झन् समस्या पैदा हुन  सक्ने अवस्थालाई मध्यनजर गर्दै चेम्वरले सो आग्रह गरेको हो ।
 
चेम्वरले नगर क्षेत्र भित्रको स्थानीय ढुवानीमा समेत यस्तो व्यवस्था लागु गरिदा व्यवसायमा थप समस्या उत्पन्न हुन सक्ने भन्दै एक परिक्षणको रुपमा लागु गर्न विभागलाई आग्रह गरेको हो । 

चेम्वरले व्यवसायीहरुमा बिषय बस्तुको ज्ञानको अभाव,स्थायी लेखा नम्वर नभएका कर्मचारी तथा कामदारुका कारण सो व्यवस्था पुर्ण रुमपा लागु गर्न सहज नहुने भएकोले सो व्यवस्था गर्न आग्रह गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।