काठमाडौं- अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ६९ पुगेको छ । ३१ जना बेपत्ता भएका छन् ।
गृहमन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार विपद्का कारण ३१ जिल्ला प्रभावित भएका छन् भने १६ हजार ५ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएका छन् ।
बाढीबाट सबैभन्दा बढि रोतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र सुनसरी प्रभावित भएको गृहले जनाएको छ । अहिले पतिपय ठाउँमा उद्दारको काम चलिराखेको छ भने रातह वितरण पनि भइराखेको गृह मन्त्रालयका प्रवक्ता राकृष्ण सुवेदीले नेपाल समयलाई जानकारी दिए ।
बाढी पहिरो र डुवानबाट ३५ हजारभन्दा धेरै प्रभावित भएका छन् । हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट ३ हजार ३ सय ६६ जनालाई उद्धार गरिएको छ ।
उद्दार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन संघ, प्रदेश र स्थानीय तहका निकाय क्रियाशील रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४