बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवसँग वार्ता गर्न सरकारी टोली नेपालगंजमा, मंगलबार वार्ता

विप्लवसँग वार्ता गर्न सरकारी टोली नेपालगंजमा, मंगलबार वार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको सशस्त्र द्वन्द्वरत समूह नेकपासँग वार्ताको लागि सरकारी टोली नेपालगंज पुगेको छ।

प्रधानन्त्री केपी शर्मा ओलीको निर्देशनमा अनौपचारिक वार्ताका लागि पूर्व मन्त्री तथा नेकपाका सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली सोमबार नेपालगंज गएको हो।

सरकारी वार्ता टोलीले पहिलो चरणमा गर्न लागेको वार्तामा विप्लव नै सहभागी हुने उच्च स्रोतले जनाएको छ। विप्लवसँग मंगलबार विहान नेपालगंजमा ‘ब्रेकफास्ट’ गर्ने स्रोतको भनाई छ।

वार्ताका लागि विप्लव नै आउने वा नआउनेबारे प्रष्ट नपारिए पनि सरकारी टोलीले विप्लव नै वार्तामा सहभागी हुने अपेक्षा गरेको छ।

विप्लवसँग दुई चरणमा वार्ता गर्ने अनौपचारिक सहमतिपछि प्रधानमन्त्री ओलीले नेता  सोमप्रसाद पाण्डे र अरु केही व्यक्तिलाई आन्तरिक रुपमा वार्ता गर्ने जिम्मेवारी दिएका थिए।

नेकपा महासचिव विष्णु पौडेल तथा हिरासतमा रहेका विप्लव समूहका नेता हेमन्त प्रकाश वलीबीच गत शनिबार नख्खु कारागारमा भेट भएको थियो।

विप्लव समूहले आफूमाथिको प्रतिवन्ध हटाउनु पर्ने, मुद्दा फिर्ता लिनुपर्ने र जेलमा रहेका आफ्ना कार्यकर्ताको रिहाइपछि मात्र बार्ता गर्ने माग राखेको थियो।

सरकारी वार्ता टोलीले यदि विप्लव समूह साँच्चीकै वार्ताको लागि तयार हो भने त्यो वार्ता अगाडि बढाउने प्रस्ताव गरेपछि विप्लव समूह पहिलो चरणको वार्ताको तयारी भएको हो। 

गत हप्ता हिरासतमा रहेका विप्लव समूहका नेता वलीसँग नेकपा महासचिव पौडेलले विप्लव समूहका उच्च नेताहरु तत्काल गिरफ्तार नगरिने प्रतिबद्धता व्यक्त गरेपछि वार्ताका लागि वातावरण बनेको हो।

सोहीअनुसार सरकारले विप्लव समूहका उच्च तहका नेताहरु पक्राउ नगर्न सुरक्षा निकायलाई आन्तरिक रुपमा सर्कुलर गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।