मंगलबार, चैत ३, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. चिनियाँ राष्ट्रपति भित्रि मंगोलियाको भ्रमणमा निस्किएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवका हैसियतले उनी उक्त स्वायत्त क्षेत्रको भ्रमणमा निस्किएका हुन्।

२. इरान अमेरिकाबीच द्वन्द्व चर्किँदै जाँदा आम इरानी जनता भने त्यसको परिणामबाट हुन सक्ने खतरा आंकलन गर्दै त्रसित भइरहेका छन्। आम जनता कसरी महाशक्ति राष्ट्रहरुको शक्ति होडमा पिसिन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण इरानी जनताको मनोभावबाट बुझ्न सकिन्छ।

३. बेलायतकी नेतृ टरिजा मेले अमेरिकी राष्ट्रपति ट्रम्पले कांग्रेस महिला सांसदलाई ‘गो होम’ भनेर अशोभनीय ढंगले आदेश दिएको आफूलाई सैह्य नभएको बताएकी छन्।

४. इटलीले युद्धका लागि तयार रहेका क्षेप्यास्त्रहरु दक्षिणपन्थी अतिवादीहरुको हातमा जान सक्ने खतरा आंकलन गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाएको छ। त्यसका लागि तीन जनालाई गिरफ्तार गरिएको छ। ती व्यक्तिहरु रसियाद्वारा पालित पोषित पूर्वी युक्रेनका पृथकतावादी शक्तिसँग नजिक रहेको बताइएको छ।

५. अस्ट्रेलियाका बालबालिकाहरुले नौ सय किलोमिटरको यात्रा एउटा चोरीको गाडीबाट तय गरेका छन्।

६. दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकुब जुमाले आफू शोषणको राजा नभएको बताएका छन्।

७. अमेरिकी राष्ट्रपतिको चरम जातिवादी ट्वीटले समग्र रिपब्लिकन पार्टीकै राजनीतिक छबि कमजोर बनाएको विज्ञहरुले बताएका छन्।

८. व्यापार युद्धका कारण चीनको आर्थिक अवस्था धरासायी बन्दै गइरहेको एक तथ्यले उजागर गरेको छ। आर्थिक वृद्धिमा घर्षण पैदा हुँदै जाँदा सामाजिक राजनीतिक उथलपुथल पनि हुन सक्ने उनीहरुको आंकलन छ।

९. अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले मनसुनी वर्षाका कारण आएको बाढी पहिरोले दक्षिण एसियाका विभिन्न मुलुकमा सयौंको ज्यान जानुका साथै हजारौं घरबारबिहीन भएको बताएका छन्।

१०. युरोपीयन महासंघमा नेतृत्वको आंकलन बढ्दै जाँदा जर्मनीकी उर्सुला भन दर लेनले वर्तमान अध्यक्ष या क्लथ योंकर लाई विस्थापन गर्न सक्ने एक सर्वेक्षणले देखाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।