काठमाडौं- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति बलप्रसाद दास ‘वीपी’ सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामान खरिदमा अनियमितता भएको सुचना पाएपछि अख्तियारको अनुसन्धानमा चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा भष्टचार गरेको पाइएपछि प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध अख्तियारले मुद्धा दर्ता गरेको हो।
अख्तियारले प्रतिष्ठानका उपकुलपति दासमाथि चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैँया एकहत्तर पैसा बिगो माग गरेको छ। त्यस्तै अस्तालका तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हाविरुद्ध तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा विगो माग गरेको छ।
तत्कालीन रजिष्टार नन्दकुमार थापाविरुद्ध एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख सतहत्तर हजार चारसय पाँच विगो माग गरेको छ।
प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तव समेतको संलग्नता देखिएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) बमोजिम जरिवाना तथा सजायको माग राखि विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४