मंगलबार, चैत ३, २०८२

चिया खान रोकिएका १४ जवानको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- भारतको हिमाचल प्रदेशको सोलनमा आइतबारदेखिको भारी वर्षाले चारवटा भवन भत्किँदा ठूलो संख्यामा सुरक्षाकर्मी मारिएका छन्।

दुर्घटनामा आइतबार ३ जनाको मृत्यु भएको थियो भने सोमबार ११ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

मृत्यु हुनेमध्ये १३ जना असम राइफल्सका जवान रहेका छन्। सेना, सीआरपीएफ, हिमाचल पुलिस, एनडीआरएफलगायतले उद्धार गरिरहेका छन्।

अधिकारीहरुका अनुसार ३० जवान र १२ नागरिक भत्किएको भवनमा फसेका थिए। सबैलाई निकालिएको छ।

घर भत्किएपछि प्रहरीले घरधनीविरुद्ध एफआईआर दर्ता गराएको छ। मुख्यमन्त्री जयराम ठाकुरले घटनाको न्यायिक जाचबुझ गर्न आदेश दिएका छन्।

भवनमा रहेको एक ढावा पसलमा चिया खान रोकिएका असम राइफल्सका जवानहरु अचानक भवन भत्किँदा मारिएका हुन्।

उक्त समयमा असम राइफल्सका ३५ जवान थिए। तीमध्ये कतिपयको घाइते अवस्थामा उद्धार गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।