बिहीबार, साउन २८, २०८३

यस्तो हुनेछ अबको तीन दिनको मौसम : खतरा कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- केहि दिनदेखि लगातार परेको वर्षाको क्रम तत्काल रोकिने सम्भावन नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भारी वर्षा नभए पनि मनसुन सक्रिय रहेकाले वर्षाको क्रम जारी रहने महाशाखाले जनाएको हो । 

महाशाखाले देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले सचेत रहन समेत अपिल गरेको छ । वर्षाका कारण देशको पहाडी भूभागमा पहिरो र तराईमा बाढी र डुबानको खतरा रहेकाले सचेत हुन आग्रह गरेको छ । 

मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागमा रहेका कारण मनसुनि गतिविधि देशभर सक्रिय रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । 

उनका अनुसार हाल देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य देखि पूर्णतया वदली रहेको छ भने पश्चिमी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ। पश्चिमी भूभागका तथा मध्य भू-भागका केहि स्थानहरु तथा पूर्वी भू-भागका धेरै स्थानहरुमा मनसूनी वर्षा भैरहेको छ ।

यस्तो हुनेछ तीन दिनको मौसम

असार ३० गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ। 

रातिः देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।  

असार ३१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ। 

रातिः देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ ।

श्रावन १ गते (बुधबार)

दिउँसोः देशभर सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।

रातिः देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।