शनिबार, असोज १७, २०८३

एनआरएनए कोरियामा सदस्यता विवाद चर्कियो

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाको साधारण सदस्यता विवाद उत्कर्षमा पुगेको छ।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाको साधारण सदस्यता विवाद उत्कर्षमा पुगेको छ। त्यहाँ साधारण सदस्यता लिएका विद्यार्थीलाई कार्यसमितिका पदमा उमेदवार हुन वन्चित गरिएकोप्रति उनीहरुले एनआरएनए अन्तरराष्ट्रिय परिषद, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया र एनआरएनए एशिया प्रशान्त क्षेत्रको ध्यानाकर्षण समेत गराएका छन्। 


विद्यार्थीको एनआरएनएमा संस्थागत आवद्धताका विषयमा छलफल गरी उचित निष्कर्ष निकाल्न माग गरिएको छ। विभेदकारी प्रक्रियाको अन्त्य नगरिए सदस्यता खारेज गरी सदस्यताका निम्ति बुझाएको रकम पनि फिर्ता गर्न माग गरिएको छ।

कार्यसमिति पदका लागि एनआरएनए कोरियाको अधिवेशनमा पटकपटक कुरा उठाए पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ। ‘विदेशमा रहेका नेपालीले निरन्तर उठाउँदै आएको ‘नोट चल्ने भोट नचल्ने’ आवाज जस्तै आज हामी कोरियामा अध्ययनरत विद्यार्थीले ‘भोट चल्ने तर उमेदवारी किन नचल्ने’ भन्ने प्रश्न राख्न बाध्य भएका छौँ, ‘नेपालीका निम्ति नेपाली’ भन्ने मूल नाराका साथ अगाडि बढेको गैरआवासीय नेपाली सङ्घले विद्यार्थी नेपाली नागरिकनै नभएको जस्तो व्यवहार गरेको छ र यस्तो व्यवहारमा हाम्रो गम्भीर आपत्ति रहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।


त्यहाँ अध्ययनरत विद्यार्थीको एनआरएनए निम्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान रहेको जनाउँदै उनीहरुले संस्थागत हिनका लागि विद्यार्थीका हकमा विभेदकारी व्यहार गरेकामा आश्चर्य प्रकट गरेका छन्। संस्थाको विभिन्न टास्क फोर्समा रहेर काम गर्न, सेमिनारलगायतका शैक्षिक गतिविधिमा काम गर्न विद्यार्थी चाहिने तर  कार्यसमितिमा रहेर काम गर्नका निम्ति किन विद्यार्थीलाई वन्चित गरिएको भनी प्रश्न गरिएको छ।  उनीहरुले संस्थालाई गतिशील बनाउनका निम्ति अप्ठ्यारो अवस्थामा विद्यार्थी संस्थामा आएर सम्पूर्ण कार्यभार समालेर एउटा विन्दुमा पुर्याइएको उदाहरण विगतका प्रायजसो कार्यसमितिमा देखिएको जनाएका छन्।

विद्यार्थीले साधारण सदस्य बन्न मिल्ने, मतदान प्रक्रियामा सामेल हुन पनि मिल्ने तर राहदानी प्रकारको कारण देखाएर उमेदवार बन्न नमिल्ने भनेर विद्यार्थीलाई पाखा लगाउने काम लगातार रूपमा भइरहेकामा चिन्ता व्यक्त समेत गरेका छन्। विद्यार्थीलाई आवश्यक पर्दा प्रयोग गर्ने साधन मात्र बनाइएको आरोप लगाएका छन्।

विदेशमा बस्ने नेपालीको हक र हितका निम्ति काम गर्ने संस्था भएको नाताले पनि विदेशी भूमिमा लामो समय बस्न सम्भावना रहेका विद्यार्थी साथीलाई संस्थागत आवद्धतामा वन्चित गरिनु न्यायोचित नभएको विद्यार्थीको तर्क छ।

–रासस

प्रकाशित: Jul 20, 2021| 14:56 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...