बिहीबार, साउन २८, २०८३

बाढीले सिमेन्ट उद्योग बगायो, पाँच मजदुरको उद्दार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धादिङ- धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगाएको छ।

तीन दिनदेखिको वर्षाका कारण सोमबार राति खोलामा आएको बाढीले उद्योग बगाएको हो । 

ताल्तीस्थित खोलालाई नियन्त्रण गरी सिमेन्ट उद्योगको निर्माण थालिएको थियो। अकस्मात उर्लिएको खोलाले उद्योग नै बगाई दिएको  छ। 

रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमै फसेका थिए । उनीहरुलाई स्थानीय र प्रहरीले सोमबार बिहान उद्दार गरेका छन् ।  दुबैतर्फ खोला बगेकोले बिच भागमा रहेको फलामका पोलहरुमा समातेर उनीहरु बचेका थिए । 

१५ अर्वको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले उद्योग निर्माण सुरु गरेको ४ महिना भएको छ । उद्योग ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।