बिहीबार, वैशाख ३, २०८३

च्याम्पियन बन्न इंग्ल्यान्डलाई मध्यम लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डलाई क्रिकेटको नयाँ च्याम्पियन बन्न आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्डले २ सय ४२ रनको मध्यम लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन जोडेको हो ।

न्युजिल्यान्डका लागि हेन्री निकोलसले अर्धशतकीय पारी खेले । निकोलसले ७७ बलमा ४ चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै टोम लाथम अर्धशतक बनाउनबाट तीन रनले चुके । उनले ५६ बलमा २ चौका र १ छक्काको मद्दतमा ४७ रनको पारी खेलेका हुन् ।

मध्यम सुरुवात गरेको न्युजिल्यान्डका लागि निकोलस र कप्तान केन विलियमसनले दोश्रो विकेटका लागि ७४ रनको सझेदारी गरेका थिए । विलियमसनले ५३ बलमा २ चौका हान्दै ३० रन जोडे ।

न्युजिल्यान्डले पहिलो विकेटको रुपमा १९ रनमा खेली रहेका मार्टिन गुप्टिललाई गुमाएको थियो । त्यस्तै जोस टेयलर १५, जेम्स नीशाम १९, कोलिन डे ग्रन्डोमले १६ र म्याट हेन्री ४ रनमा पेभेलियन फर्खिए । मिचेल सान्टर ५ र ट्रेन्ट बोल्ट १ रनमा अविजित रहे ।

इंग्ल्यान्डका लागि लियम प्लुंकेट र क्रिस वोक्सले समान तीन तीन विकेट लिए । त्यस्तै मार्क वुड र जोफ्रा आर्चरले एक एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।