काठमाडौं- मलेसियामा भएको सवारी दुर्घटनामा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ।
शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा कञ्चनपुर र नुवाकोटका दुई युवाको मृत्यु भएको हो ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोटका शिव दाहाल रहेको जनाइएको छ ।
आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै दाहालको समेत मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४