काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको उत्कृष्ट पारीको मद्दतले नेपालले मलेसियालाई पराजित गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा आइतबार भएको पहिलो खेलमा नेपालले मेलसियालाई ७ विकेटले पराजति गरेको हो ।
मलेसियाले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । मध्यम सुरुवा गरेको नेपालका लागि कप्तान पारसले अविजित ८६ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले ।
उनले मात्र ५० बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ८६ रनको अविजि पारी खेलेका हुन् । त्यस्तै शरद भेसवाकरले १ट रन जोड्दा प्रदिप ऐरी ८, ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेलले रन जोडे । मलेसियाका लागि अन्वर रहमनले दुई तथा फित्री शामले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन जोडेको हो । खराव सुरुवात गरेको मलेसियाका लागि भिरन्दीपले ५७ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ७ चौका र १ छक्का पहर गर्दै ५७ रनको अर्धशतकीय पारी खेलेका हुन् ।
भिरन्दीपले दोस्रो विकेटका लागि फित्री शाामसँग ४१ रनको साझेदारी गर्दा तेस्रो विकेटका लागि कप्तान अहमद फाइजसँग ५० रनको साझेदारी गरे । कप्तान फाइजले ३९ बलमा २ छक्का प्रहार गर्दै४५ रनको योगदान दिए ।
मलेसियाले पहिलो विकेटको रुपमा सयेद अजिजलाई शुन्य रनमा गुमाउँदा दोस्रो विकेटको रुपमा १२ रनमो खेली रहेका फित्री शामलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारी खेलेका भिरन्दीपलाई गुमाउँदा चौथो विकेटको रुपमा शाफिक शारिफलाई दुई रनमा गुमायो ।
त्यस्तै अकीनुद्दीन रामलीर र शर्भिन मुनियान्डी, अन्वर रहमन शुन्य रनमा पेभिलिएन फर्किदा मुहमद सयेहदत ८ रनमा आउट भए । नेपालका लागि करन केसीले तीन विकेट लिए । त्यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले समान दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
अब नेपालले सिरिजको दोस्रो खेल आइतबार खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४