बिहीबार, वैशाख ३, २०८३

बेल जिदानको योजनामा फर्के कै हुन् त?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- वेल्स स्टार खेलाडी ग्यारेथ बेलले यस सिजनको प्रशिक्षण सत्रका लागि रियल मड्रिडको टिममा सहभागी भएका छन् । पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानको योजनामा नरहेको बेलले बिहीबार क्यामनडामा भएको प्री-सिजनको प्रशिक्षणमा सहभागि भएका छन् । 

क्लबमा बेलको भविष्य जिदानसँग अनिश्चित छ । किनकी जिदानले बारम्बार बेल यस सिजन आफ्नो योजनामा नरहेको बताउँदै आएका थिए । तर, बेल र उनका एजेन्टले क्लबलाई अझै बेलमो तीन वर्षको सम्झौता बाँकी रहेको बताउँदै आएका छन् । 

बिहीबारको प्रशिक्षणलाई हेर्दा बेल टोलीमा फर्किन सक्ने अनुमान गरिएको छ । किनकी गस सिजन पछिल्ला केही खेल समेत गुमाएका उनले प्रशिक्षणमा सहभागीता जनाएका छन् । 

यस फिटनेसमा आधारित प्रशिक्षणमा टिमका अधिकांश खेलाडी छुट्टिबाट फर्किएका रिपोर्टमा उल्लेख छ । यसभन्दा पहिले स्पेनिस एक मिडियाले २९ वर्षीय बेलले चाइनिज सुपर लिगका लागि कदम चालेको बताएको थियो । 

रिपोर्टका अनुसार चाइनिज क्लबले उनलाई प्रत्यक साताको १.२ मिलियन पाउण्डको प्रस्ताव गरेको बताइएको छ । तर, यस प्रस्तावलाई बेलले अस्विकार गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।