शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. रसियामा निर्मित एस ४०० हवाई सुरक्षा क्षेप्यास्त्र प्रणाली टर्कीको राजधानी आंकारा आईपुगेको छ। टर्कीले अमेरिकासँग नझुकीकन रसियासँग हतियार खरिद गरेको हो।

२. बेलायतले मध्य पूर्वको खाडी क्षेत्रमा आफ्ना जहाजहरुलाई सुरक्षा चुनौति बढ्दै गएको कारण त्यसतर्फ विशेष सुरक्षा सतर्कता अपनाउन थालेको छ।

३. चीनको एउटा होटलले यात्रीहरुलाई आराम गर्न तयार पारिएका विछ्यौनाहरु प्रयोग गरिने कपडाहरु कतिखेर सफा गरिएको हो सो बारे जानकारी दिने प्रणाली जडान गरेको छ।

४. एकजना पशु अधिकारकर्मीले दक्षिण कोरियाको संसद भवनअगाडि कुकुरको मासुको बिक्रि वितरण रोक्नका लागि एउटा पर्चा लिएर विरोध अधियान सुरु गरेका छन्।

५. जापानी वैज्ञानिकहरुले सौर्य प्रणालीको विशेष अध्ययन गर्नका लागि एउटा मानवरहित अन्तरिक्ष यानको सफलतापूर्वक अवतरण गराएका छन्।

६. आउँदो एक दशकभित्र भारतीय ड्रोन निर्माता कम्पनीले सैन्य महत्वका विशेष ठेगानाहरुमा आक्रमण गर्न सकिने ड्रोनको व्यवसायिक उत्पादन गर्न सक्ने क्षमताको विकास गरेको छ।

७. एकजना पाकिस्तानी न्यायाधीशलाई सरकारले बर्खास्त गरेको छ। उनले आफ्नो अख्तियारको दूरुपयोग गरी निजी फाइदाका लागि निर्णयहरु गरेको र भ्रष्टाचारमा लिप्त भएको सरकारको
अभियोग छ।

८. फ्रान्सेली राजधानी पेरिसको सदर बजारमा एउटा पसलमा धनमाल लुटपाट भएको छ। जसले गर्दा त्यहाँ विरोध प्रदर्शन सुरु भएको छ।

९. संयुक्त राज्य अमेरिकाले दक्षिण कोरिया र जापानबीचको आपसी वैमनस्यतालाई कम गर्न अमेरिकी परराष्ट्र मन्त्रालयअन्तर्गतका निकायहरु प्रयोग गर्न इच्छ्याएको बताएको छ।

१०. आफ्नै भूभाग भन्दै आएको ताइवानलाई हतियार बेच्ने सम्पूर्ण अमेरिकी कम्पनीहरुमाथि चीनले सबैखाले प्रतिबन्ध लगाउने विदेश मन्त्रालयका प्रवक्ता गेङ स्वानले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।