बिहीबार, वैशाख ३, २०८३

हेड टु हेड : नेपाल र मलेसियामा को बलियो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग दुई खेलको अन्तर्राष्ट्रिय टी-२० सिरिज खेल्दै छ । नेपालले किनरारा ओभलमा भोली (शनिबार) बिहान ७:४५ बजे सिरिजको पहिलो खेल खेल्दै छ । त्यसपछि नेपालले दोस्रो खेल आइतबार खेल्ने छ । 

सिंगापुरमा आयोजना हुने आइसिसी टी-२० विश्वकप एसिया फाइनलको तयारीमा रहेको नेपालले एकदिवसीय मान्नेतापछि यो दोस्रो टी-२० सिरिज खेल्दै छ । नेपालले पहिलो सिरिजमा युएईलाई पराजित गरेको थियो । हेरौ नेपाल र मलेसियामा को बलियो ।

हेड टु हेड

नेपालले हालसम्म मलेसियासँग टी-२० अन्तर्राष्ट्रियका चार खेल खेलेको छ । चार खेल मध्यमा नेपालले तीन खेल जित्दा मात्र एक खेल गुमाएको छ । पहिलो पटक नेपालले एसिसी कप अन्तरगत २७ अक्टोबरमा २००७ मा कलेसियासँग भिडेको थियो । 

उक्त खेलमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो । त्यस्तै एसिसी कप अन्तरगत नै २२ नोभेम्बर २००९ मा भएको भेटमा भने नेपालले खेल ६ विकेटले गुमाएको थियो । 

त्यसपछिका दुई भेटमा भने नेपालले जित हात पारेको छ । एसिसी कप अन्तरगत नै २० मार्च २०१३ मा भएको भेटमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको थियो । त्यसपछि २०१८ मा भएको पछिल्लो भेटमा नेपालले मलेसियालाई ८ विकेटको पराजित गरेको थियो । 

नेपाल र मलेसिया, टी-२० हेड टु हेड

नेपाल १०१/२  जित    १००/१०  मलेसिया  (विश्व टी-२० एसिया अन्तर रिजनल छनोट २०१८) 

नेपाल १६३/८  जित    १४४/९   मलेसिया   (एसिसी टी-२० कप २०१३)

नेपाल ११२/७  पराजित ११३/४   मलेसिया    (एसिसी टी-२० कप २००९)

नेपाल १२१/९  जित    १००/१०  मलेसिया  (एसिसी टी-२० कप २००७)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।