काठमाडौं- फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको महिला वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ । यसअघि १०३ औं स्थानमा रहेको नेपालले दुई स्थान सुधार गर्दै नयाँ वरियताको १०१ औं स्थानमा उक्लिएको हो।
अघिल्लो महिना सार्वजनिक गरेको वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १०३ औं स्थानमा पुगेको थियो । त्यस्तै नयाँ वरियतामा विश्व विजेता अमेरिका शीर्ष स्थानमा छ । जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौंथो र इंग्ल्यान्ड पाँचौ स्थानमा रहेका छन् ।
नेपाल अघि रहेको भारत ५७ औं स्थानमा रहदाँ बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३९ औं र भुटान १५४ औं स्थानमा रहेको छ । त्यस्तै एसियाको वरियतामा नेपाल २१ औं स्थानमा रहेको छ भने दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४