बिहीबार, वैशाख ३, २०८३

‘काउटिन्होले यस सिजन आफुलाई प्रमाणित गर्नु पर्नेछ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना हट्रयाकिङ मिडफिल्डर फिलिप्पे काउटिन्होलाई बेच्ने चर्चा चलेको थियो । तर, पछिल्लो समय ब्राजिलियन खेलाडी कोउटिन्होलाई बार्सिलोनाले नबेच्ने जनाएको छ । 

आफ्नो घरेलु मैदानमा आयोजना भएको कोपा अमेरीकामा उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले उनलाई यस सिजन क्लबमै राख्ने बताएको हो । २७ वर्षीय मिडफिल्डर काउटिन्होलाई गएको सिजन खराब प्रदर्शन गरेको भन्दै बार्सिलोनाले बेच्न चाहेको चर्चा चलेको थियो । 

बार्सिलोनामा खराब प्रदर्शनपछि चर्को आलोचना खेप्दै आएका उनलाई कोपा अमेरिका पछि क्लबमै राख्ने बताएको छ । तर, उनले यस सिजन बार्सिलोनोमा आफुलाई प्रमाणित गर्नु पर्नेछ । 

किनकी काउटिन्होबाट क्लबले अट्रयाक र मिडफिल्डको नायकत्वको आसा गरेको छ । जुन पछिल्लो समय उनले गर्न सकेनन् । पछिल्लो सिजन उनले बार्सिलोनाका लागि सबै खाले ५३ खेल खेल्दै ११ गोल र २ असिस्ट गरेका थिए । 

उनलाई बार्सिलोनाले २०१७-१८ को सिजनमा लिभरपुलबाट १४५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।