बुधबार, साउन २७, २०८३

रातु खोलामा बगेर वृद्ध बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- महोत्तरीको रातु खोलामा आएको बाढीले एक वृद्धलाई बगाएर लगेको छ। महोत्तरीको बलवा नगरपालिका–२ बस्ने ७२ वर्षीय हबिब मियाँलाई बगाएको हो।

रातु खोलामा आएको बाढीले हबिबलाई शुक्रबार ११ बजेतिर बगाएको महोत्तरीका एसपी श्याम अधिकारीले जानकारी दिएका छन्।

खोला तर्न खोजेका उनलाई बाढीलाई बगाएर लगेको अधिकारीले बताए। अधिकारीले खोलाले बगेर बेपत्ता भएका हबीबको खोजी कार्य जारी रहेको जनाएका छन्।

यता रौतहटमा बागमती र लालबकैया नदीमा बाढी आउँदा दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। लालबकैयाको कटहरियामा र बागमतीको पूर्वी बाँध भत्किँदा बस्तीमा पानी पसेको हो।

लालबकैया नदीमा आएको बाढीले हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकहालगायतका गाउँ जोखिममा परेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना कार्यालयले जनाएको छ।

यसैगरी बागमती नदीको बाढीले गढीमाई, लक्ष्मीपुर, मत्सरी, बडहर्बा, बसतपुर, ब्रम्हपुरीलगायतका गाउँ डुबानमा परेका छन्। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।