बुधबार, साउन २७, २०८३

देशभरीका कुन–कुन ठाउँ हाई अलर्टमा?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले देशभरीका १८ स्थानलाई हाई एलर्टमा राखेको छ।

केही दिनयता भइरहेको वर्षाका कारण खतरा बढुन सक्ने भन्दै नारायणी, कोशी, बागमती, कमला र कनकाई नदीको तटमा पर्ने १८ स्थानलाई हाई एलर्टमा राखिएको छ।

नारायणी नदीको तटमा पर्ने रजैया, मकवानपुर गढी, रौतहटको केलहवी, सिलिङ्गेलाई हाई एलर्टमा राखिएको छ।

यसैगरी, कोशी नदीको तटमा रहेको कोशी खोला पनौती, माने भंज्यांग, लेटाङ्गलाई हाई एलर्टमा राखिएको छ।

त्यस्तै, बागमती नदीको तटीय क्षेत्रहरु चिसापानी गढी, रौतहटको गरुडा, सिन्धुलीको नेपालथोक, हरिहरपुर गढी हाई एलर्टमा रहेका छन्।

यस्तैगरी, कमला नदीको तटीय क्षेत्रमा पर्ने चिसापानी बजार, जिनाखु, राणीबास र तितरिया क्षेत्र हाई एलर्टमा राखिएको छ।

कानकाई नदीको शोकटिम चिया स्टेशन र कन्याम चिया स्टेशन हाई एलर्टमा रहेको छ। 

हाई एलर्ट क्षेत्रका बासिन्दालाई साबधान रहन र सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ। त्यस क्षेत्रमा कुनै बेला बाढी आउन सक्ने वा पानीको सतह बढ्न सक्नेछ।

याे पनि पढ्नुहाेस्

वर्षाले काठमाडौंको कुन ठाउँ सबभन्दा बढी खतरामा?

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।