काठमाडौं- थाइल्याण्डको बैंककबाट काठमाडौंका लागि प्रस्थान गरेको लायन एयरलाईन्सको जहाज एक घण्टा फन्को मारेर फर्किएको छ।
शुक्रबार दिउँसो १२.२० बजे बैंककबाट काठमाडौंका लागि प्रस्थान गरेको जहाज २ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्नेमा खराब मौसमका कारण बारा र पर्साको आकाशमा एक घण्टाभन्दा बढी होल्ड भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेको लायन एयरको बोइङ ७३७ फर्किएको हो।
यति एयरलाईन्सको विमान अवतरणका क्रममा चिप्लिएपछि सबै उडान र अवतरण अबरुद्ध भएका हुन्। नेपालगञ्जबाट आएको यति एयरलाईन्सको जहाज अवतरणका क्रममा चिप्लिएर रन वे बाहिर गएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४