काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको खोकनामा अहिले सबभन्दा बढी खतरा रहेको छ।
शुक्रबार विहानदेखिको वर्षका कारण बागमती नदीमा पानी बढ्दा खोकना क्षेत्र खतराको सूचीमा परेको छ।
खोकनामा अहिले ४ दशमलब १२ पानीको बहाब रहेको छ।
यसैगरी वागमतीकै करमैयाको पधेरादोभान पनि खतराको लिष्टमा रहेको छ।
यसैगरी, काठमाडौंका अन्य क्षेत्रमा पनि पानीको बहाब बढी रहेको छ भने पानी पसेर केही प्रभावित भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४