बिहीबार, वैशाख ३, २०८३

बार्सिलोनाले ग्रिजमनलाई अनुबन्ध गर्ने मिति तय?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस महारथी क्लब बार्सिलोनाले एथ्लेटिकोका फ्रेन्च स्ट्राइकर एनटोनी ग्रिजमनलाई अनुबन्ध गर्ने पक्का भएको छ । लामो समय देखी अनुबन्ध मुल्यमा समहतीह नहुँदा अन्यौलमा रहेको यो अनुबन्ध अन्ततः पक्का भएको छ । 

अब बार्सिलोनाले ग्रिजमनका लागि १०८ मिलियन पाउण्ड तिर्ने सहमती भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ । यसअघि १ जुलाइमा उनको मुल्य १८० मिलियन पाउण्ड तोकिएको थियो । 

रुस विश्वकप २०१८ विजेता ग्रिजमनको मुल्यमा एकै महिना भित्र ठुलो गिरावट भएको छ। बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले ग्रिजमनलाई आउँदो सोमबारसम्म क्लबमा अनुबन्ध गरी सक्ने बताएका छन् । 

उनले बार्सिलोनोको टोली प्रि-सिजनका लागि क्याम्प नाउमा पुग्नु भन्दा पहिले अनुबन्ध सकिने बताएका छन् । रियल सोसिडाडबाट व्यवसाहिक फुटबल सुरु गरेका उनले २०१४ मा एथ्लेटिको मड्रिड पुगेको गिए । 

ग्रिजमनले एथ्लेटिकोमा पाँच वर्ष बिताए । पाँच वर्षमा एथ्लेटिकोकमा लागि २५७ खेल खेल्दै १३३ गोल समेत गरेका छन् । २८ वर्षीय ग्रिजमनले बापिर्सलोना जानका लायि यसअछि एथ्लेटिकोसँगको नयाँ सम्झौतालाई अस्विकार गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।