बुधबार, साउन २७, २०८३

भीषण वर्षापछि आएको पहिरोले ३ को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । यस्तै भोजपुरमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । 

काभ्रेको बनेपा नगरपालिका–३ चुलातालमा घर भत्किँदा एक परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया गोमा दंगाल र उनकी नातिनी सहावी दंगाल रहेको प्रहरीले जनाएको छ । घर भत्कँदा दुईजना घाइते भएका छन् । घाइतेका स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै भोजपुरमा पहिरोले पुरिएर एक बालकको मृत्यू भएको छ। भोजपरको पश्चिमि टेम्केमयूँङ गाउँपालिका वडा नं। ९ लेखर्कमा पहिरोले पुरिएर १२ वर्षका जनक बि।क।को मृत्यु भएको हो। बिहान करिब १० वजे शौचालय जाने क्रममा शौचालय बसेकै बेला माथिबाट आएको पहिरोले बालकलाई पुरेको गाउँपालिका अध्यक्ष ध्रुब राईले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।