बुधबार, साउन २७, २०८३

मन्त्री पण्डितलाई आदिवासी जनजातिले लखेटे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - समान्य प्रशासन मन्त्री लालबाबु पंडितलाई आदिवासी जनजाति युवाहरुले लखेटेका छन्।

ललितपुर जाउलाखेलस्थित एक कार्यक्रममा पुगेका मन्त्री पंडितलाई उनीहरुले लखेटेपछि अंग रक्षकले जोगाएका थिए।

शुक्रबार विहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान १९ औं सञ्चालक परिषद्को बैठकमा मन्त्री पंडित प्रमुख अतिथि थिए। 

कार्यक्रम स्थल बाहिर लोकसेवा आयोगको विज्ञापन संविधान विरुद्ध र असमावेशी भएको भन्दै खारेजीको माग गर्दै आदिवासी जनजाति युवा तथा विद्यार्थीहरुले प्रदर्शन गर्दै थिए।

मन्त्री पंडित कार्यक्रमस्थल पुगेलगतै उनीहरुले नारावाजी चर्को गरेका थिए। कार्यक्रम स्थलभित्र मन्त्री भएकै ठाउँमा पुगेका युवा विद्यार्थीहरुले ठेलमठेल गरेका थिए। मन्त्रीका अंगरक्षकले जोगाउँदै मन्त्री पंडितलाई मन्त्री क्वाटरमा लगेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।