शनिबार, चैत ११, २०७९

ढाका उड्दै हिमालय एयरलाइन्स

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं – हिमालय एयरलाइन्सले काठमाडौं–ढाका–काठमाडौं सीधा उडान गर्ने भएको छ। एयरलाइन्सले आउदो साउन ६ गते (जुलाई २२, २०१९) देखि उक्त स्थानमा उडान भर्ने भएको हो।

एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ। एयरलाइन्सँग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको छ। 

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ। नेपाली पयर्टनका लागि बंगलादेश ठूलो बजार भएको र त्यसलाई लक्षित गर्दै बंगलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुने एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए।

उनले अर्को एसियाली मुलुक बंगलादेशको ढाकामा सञ्जाल विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरे। यसले दुई देश बीचको सम्बन्धलाई अझै मजबूत बनाउँदै दुई देशबीच व्यवसायिक अवसरहरु सिर्जना गर्ने बताए।

एयरलाइन्स्ले साताको तीन दिन उपयुक्त समयमा ढाका उडान भर्नेछ। जसमा H9 ६७८ काठमाडौंबाट स्थानीय समय ११:१० मा उडान भर्नेछ र स्थानीय समय १३:१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ। 

त्यसैगरि, H9 ६७९ विमानले ढाकाबाट स्थानीय समय २:१० मा उडान भर्नेछ र त्यही दिन काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३:२० मा उत्रनेछ। दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजी सम्मको लागि छुट हुनेछ। एअरलाइन्स्ले समयनिष्ठामा उडान सुनिश्चित गर्ने उद्देश्य राखेको छ। 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।