बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तकोसीमा पानीको बहाव वर्षकै उच्च, रातो बत्ति बल्यो

सप्तकोसीमा पानीको बहाव वर्षकै उच्च, रातो बत्ति बल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सप्तकोशी नदीमा पानीको बहाव वर्षकै उच्च भएको छ। सप्तकोशीमा बिहीबार बेलुका ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ५४ हजार ९५० सय क्युसेक पुगेकोमा शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ। पानीको बहाव बढेसँगै व्यारेजमा रातो बत्ति बलेको छ। 

हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको कन्ट्रोल रुमले जनाएको छ। पानीको बहाव बढेसँगै ५६ मध्ये २३ वटा ढोका खोलिएको छ। पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जनाएको छ। पानीको बहाव बढ्दै गएपछि नदीको किनारमा रहेका स्थानीयहरुलाई सतर्क रहन सुचना जारी गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।