बुधबार, साउन २७, २०८३

अवतरणका क्रममा यतिको विमान दुर्घटना, विमानस्थल बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएको छ।

नेपालगञ्जबाट काठमाडौं आएकै यतिको एटीआर ७२ विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ। नेपालगन्जबाट ६६ जना यात्रु तथा तीन जना चालक दलका सदस्यसहित काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा चिप्लिएको हो।

विमानमा रहेका यात्रु तथा चालकदलका सदस्यहरु उद्धार कार्य जारी रहेको विमानस्थल स्रोतले जनाएको छ। बिहान ११ बजेर ६ मिनेटमा जहाज चिप्लिएको र  त्यस क्रममा दुई यात्रु सामान्य घाइते भएका विमानस्थल कार्यालयले जनाएको छ। घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ।

दुर्घटनापछि विमानस्थलका सम्पूर्ण उडान तथा अवतरणहरु बन्द भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।