आइतबार, साउन १७, २०८३

सफा आकाशमा एक्कासी हवाइजहाज हल्लिँदा ३५ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान अचानक सघन 'टर्बुलेन्स' मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्। चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारणले उत्पन्न हुने अवस्थामा उडिरहेको विमान पर्दा निकै हल्लन्छ।

सो विमानमा २८४ जना सवार थिए।

टर्बुलेन्समा परेपछि सो विमान हवाइमा अवतरण गराइएको थियो। होनोलुलुको विमानस्थलमा अवतरण गर्ने बित्तिकै स्वास्थ्य अधिकारीहरूले यात्रुको जाँच गरेका थिए।

विमानसेवाले जनाए अनुसार हवाइ टापुभन्दा दुई घण्टा पर पुगिसकेको सो विमानले अचानक सफा आकाशमै बेतोडको टर्बुलेन्स बेहोरेको थियो। 

के हो सफा आकाशमा हुने टर्बुलेन्स?

क्लेयर एअर टर्बुलेन्स खासगरि सफा र शान्त आकाशमा अचानक हुन्छ जसको भेउ पाउन सकिँदैन। विभिन्न वेगमा बगिरहेका हावाको जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुने बताइन्छ।

यसलाई नाङ्गो आँखा वा परम्परागत रेडारले पनि पत्ता लगाउन सकिँदैन। विमानचालकहरूले सोही स्थानबाट उडेका अन्य विमानले एअर ट्राफिक कन्ट्रोललाई दिएका जानकारीका आधारमा मात्र यस्तो अवस्था उत्पन्न भएको ठाउँ थाहा पाउन सक्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।