बुधबार, साउन २७, २०८३

एमबाप्पे बने मुल्यवान युवा खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर केलिएन एमबाप्पेले लगातार दोस्रो वर्ष मुल्यवा युवा खेलाडीको शीर्ष स्थानमा रहन सफल भएइका छन् । यससँगै एमबाप्पेले पछिल्लो १२ महिनामा आफ्नो ट्रान्सफर मुल्यमा ७० मिलियन युरो बृद्धि गरेका छन्।
 
एकबाप्पे फुटबलको दुनियामा एक स्वर्णिम पिढीको प्रभिवान खेलाडी बन्नेमा कुनै दुई मत छैन् । वर्तमान युवा खेलाडीलाई हेर्दा एक अर्को यादगार युगको सुरुवात हुन सक्ने अनुमान गर्न सकिन्छ । 

प्राइम टाइम्स स्पोर्टसले फुटलब भ्यालु इन्डेक्सको प्रयोग गर्दै रिपोर्टमा खेलाडीको उमेर, स्थिती, वर्तमान क्लब, अनुबन्ध समय, बजार मुल्य, अन्तर्राष्ट्रिय खेल, खेल समय, गोल, चोट र प्राविधिक क्षमताको मापन गर्दै युवा खेलाडीको मुल्य तोकेको हो । 

एमबाप्पेले पिएसजीमा एक सानदार सिजन बिताएका छन् । उनी रियलका लागि एक शीर्ष स्थान्तरणको लक्ष्य सकेत बनेका छन्। उनी अर्को सिजन रियल जान सक्ने सम्भावना प्रवत रहेको छ । एमबाप्पेले पछिल्लो सिजन लिग वानको उपाधिसँगै सर्वाधिक गोल कर्ता समेत बने । 

रिपोर्टका अनुसार हाल उनको बजार मुल्य २६१.६ मिलियन युरो तोकिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमन्डमा जडोन सान्चो रहेका छन् । उनको बजार मुल्य १२०.३ मिलियन युरो तोकिएको छ । तेस्रो स्थानमा आज्यक्सका माथिज डि लिट रहेका छन् । उनको मुल्य ७५.५ मिलियन युरो रहेको छ । 

चौथो स्थानमा लिभरकुसेनका कइ हावर्ट छन्। उनको मुल्य ७४.२ मिलियन युरो रहेको छ । त्यस्तै लिभरपुलका ट्रेन्ट एलेक्सजान्डर, एथलेटिको मड्रिडका जोआओ फिलिक्स, एसी मिलानका डोनारुन्ना, रियउल मड्रिडका भिनिसियस जुनियर, चेल्सीका क्रिस्टियन पुलिसिक र रियल मड्रिडकै इडेयर मिलिटाओ रहेका छन् । यस रिपार्टमा अन्य १० खेलाडी समेत रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।