एजेन्सी- ट्युनिसिया र अल्जेरिया अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार राति भएको खेलमा माडागास्कारलाई ३–० गोल अन्तरले हराउँदै ट्युनिसिया सेमिफाइनलमा प्रवेश गरेको हो भने अल्जेरिया आइभोरी कोस्टालाई पेनाल्टी सुटआउटमा ४ ३ ले पराजित गर्दै सेमिमफाइनल प्रवेश गरेको हो ।
ट्युनिसियालाई १५ बर्षपछि प्रतियोगिताको सेमिफाइनल पुर्याउन फिरजानी सासी, युसुफ मिसकनी र नाइम स्लेटीले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बरारबीमा सकिएको खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लिएको थियो । खेलको ५२ औं मिनेटमा फिरजानी सासीले गोल गर्दै अग्रता दिलाए ।
६० औं मिनेटमा युसुफले गोल गर्दै खेलको इन्जुरी समयमा नइम स्लेटीले गोल गर्दै ट्युनिसियालाई ३-० को जित दिलाए । त्यस्तै शुक्रबार बिहान भएको खेलमा अर्को खेलमा अल्जेरियाले आइभोरी कोस्टालाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ।
निर्धारित र थप गरिएको समयमा दुबै टोलीले एक एकको बराबरी खेले पछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा भने अल्जेरियाले ४-३ ले बाजी मार्यो ।
खेलमा भने अल्जेरियाका लागि २० औं मिनेटमा सोफियाने फेघुइलीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६२ औं मिनेटमा जोनाथन कोड्जियाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४