बिहीबार, वैशाख ३, २०८३

रुटले तोडे १६ वर्ष पुराना रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डका जोए रुटले जारी विश्वकपमा अष्ट्रेलियाविरुद्धको दोस्रो सेमिफाइनल खेल दौरन नयाँ कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय विश्वकपमा १६ वर्षे पुरानो रेकर्ड तोड्दै आफ्नो नाममा गरेका हुन् ।
 
रुटले विश्वकप २००३ मा रिकी पोन्टिंगले बनाएको रेकर्डलाई ब्रेक गरेका हुन् । यससँगै रुटले एकदिवसीय विश्वकप क्रिकेटको कुनै पनि एक प्रतियोगितामा सर्वाधिक क्याच गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा गरेका छन्। 

जारी विश्वकपमा रुटले १० खेल खेल्दै १२ क्याच लिएका छन् । यस लिस्टको दोस्रो स्थानमा रिकी पोन्टिंग छन् । उनले २००३ मा भएको विश्वकपमा सर्वाधिक ११ क्याच लिएका थिए । 

त्यस्तै तेस्रो स्थानमा दक्षिण अफ्रीकाका कप्तान फाफ डु प्लेसी छन् । उनले जारी विश्वकपमा १० क्याच लिएका छन् । तर, उनको टिमको जारी विश्वकपमा प्रदर्शन सन्तोस जनक रहन सकेन् । 

दक्षिण अफ्रीका जारी विश्वकपका ९ लिग खेल मध्यमा तीन खेलमा जित निकाल्दै बाहिरिएको थियो । जोनी बेयरस्टोले यसै विश्वकपका १० खेलमा ९ क्याच लिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।