बिहीबार, वैशाख ३, २०८३

फाइनल प्रवेशका लागि इंग्ल्यान्डलाई मध्यम लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत दोस्रो सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि अष्ट्रेलियाले इंग्ल्यान्डले २ सय २४ रनको मध्यम लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय २३ रन जोडेको हो । 

खराव सुरुवात गरेको अष्ट्रेलियाका लागि स्टेभन स्मिथ र एलेक्स क्यारीले टोलीको पारी सम्हालेका थिए । स्मिथ र क्यारीले १०३ रनको साझेदारी गर्दै धरमराएको अष्ट्रेलियाको पारी माथी उकासेको थिए । 

६.१ ओभरमा टोलीको १४ रन पुग्दा स्मिथ र क्यारीले उत्कृष्ट साझेदारी गरेका थिए । स्मिथले ११९ बलमा ६ चौका प्रहार गर्दै ८५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै क्यारीले ७० बलमा ४ चौका प्रहार गर्दै ४६ रुन जोडे । 

ग्लेन म्याक्सवेलले २३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २द्द जोड्दा मिचेल स्टार्कले ३६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोड । अष्ट्रेलियाका अन्य ब्याट्सम्यानले भने इंग्ल्यान्डका बलर सामु दोहोरा अंकमा रन छुन सकेनन् । 

अष्ट्रेलियालाई सस्तैमा समेट्न अदिल राशिद र क्रिस वोक्सले समा तीन तीन विकेट लिए । त्यस्तै जोफ्रा आर्चरले दुई तथा मार्क वुडले एयक विकेट लिए । यस खेलको विजेता टोलीले आइतबार न्युजिल्यान्डसँग उपाधिका लागि भिड्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।