काठमाडौं - ललितपुरको भैंसेपाटी प्रहरी प्रभागबाट सोमबार भागेका दुई कैदीलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको छ। डाका तथा चोरी मुद्दामा पक्राउ परेका शम्शेर माझी र रुद्र श्रेष्ठलाई ललितपुर प्रहरी परिसरबाट खटिएको टोलिले बौद्धबाट पक्राउ गरेको हो ।
ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार ट्याक्सी चढेर भाग्दै गरेका उनीहरुलाई परिसरबाट खटिएको टोलिले पक्राउ गरेको हो। सो घटनामा लापरवाही गरेको भन्दै प्रभागका प्रमुख ईन्स्पेक्टर सहित ड्युटीमा खटिएका माथि कारबाही गर्न परिसरकी एसपी दुर्गा सिंहको संयोजकत्वमा छानविन टोलि गठन गरिएको छ।
ट्वाइलेटको ग्रिल काटेर भागेका उनीहरु दोस्रो दिन पक्राउ परेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४