बिहीबार, वैशाख ३, २०८३

भारत बाहिरियो, न्युजिल्यान्ड फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटबाट भारत बाहिरिएको छ । सेमिफाइनल खेलमा न्युजिल्यान्डसँग १८ रनले पराजित हुँदै भारत जारी विश्वकपबाट बाहिरिएको हो । 

न्युजिल्यान्डले दिएको २ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारतले ४९.३ ओभरमा सबै विकेट गुमउँदै मात्र २ सय २१ रन बनाउन सक्यो । खराव सुरुवात गरेको भारतका लागि रिसभ पन्त र हार्दिक पाण्डेयले केही मात्रामा भारतको पारी सम्हाल्ने प्रयास गरेका थिए ।

३.१ ओभरमा ५ रन जोड्दा ३ विकेट गुमाएको अवस्थानमा पन्त र पोण्डेयले ४७ रनको साझादारी गरेका थिए । पन्तले ५६ बलमा चौका प्रहार गर्दै ३२ रन जोडे । त्यस्तै पाण्डेयले ६२ बलमा चौका प्रहार गर्दै ३२ रन जोडे । पाण्डेयले विकेटकीपर ब्याट्सम्यान धोनीसँग २१ रनको साझेदारी गरेका थिए । 
Image result for india vs new zealand
सातै विकेटका लागि धोनी र रबिन्द्र जडेजाले ११६ रनको उत्कृष्ट साझेदारी गरेपनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । जडेजाले आक्रमक खेल खेल्दै ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ७७ रनको अर्धशतकीय पारी खेले । 

त्यस्तै धोनीले ७२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ५० रन जोडे । भारतका सुरवाती तीन विकेट व्यक्तिगत १-१ रनमा पेभिलियन फर्किएका थिए । न्युजिल्यान्डका लागि माट हेन्रीले तीन विकेट लिए । त्यस्तै मिचेल सान्टर र बोल्टलले दुई दुई तथा लोकी फेर्गुसन र जेम्स नीशामले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन जोडेको थियो । मंगलबार सुरु भएको खेल ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन जोड्दा भारी वर्षले प्रभावित भएपछि खेल पुनः बुधबार सुरु भएको हो । 
Image result for virat kohli serious
चौथो ओभरको तेस्रो बलमा टोलीको १ रन हुँदा पहिलो विकेटको रुपमा मार्टिन गुप्टिललाई गुमाएको न्युजिल्यान्डले १९ औं ओभरमा ६९ रन पुग्दा हेन्री निकोलसलाई गुमाएको थियो । खराव अवस्थाबाट गुज्रिएको न्युजिल्यान्डलाई कप्तान केन विलियमसनले सम्हालेका थिए । 

उनले निकोलससँग ६८ रनको साझेदारी गर्दा रोज टेयलरसँग ६५ रनको साझेदारी गरेका थिए । केनले ९५ बलमा ६ चौका प्रहार गर्दै ६७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै टेयलरले ९० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ७४ रन जोडेका हुन् । 
Image result for virat kohli serious
यसअघि पहिलो विकेटको रुपमा १ रनको गुप्टिल आउट हुँदा २८ रनामा निकोलस पेभिलियन फर्किएका थिए । जेम्स नीशामले १२, कोलिन डे ग्रान्डोमेले १६, टोम लाथमले १० रन जोडे । त्यस्तै मिचेल सान्टर ९ र बोल्ट ३ रनमा अविजित रहे । 

भारतका लागि भुवनेश्वर कुमारले तीन तथा जसप्रित बुम्राह, युजेन्द्र चाहल, हार्दीक पाण्डेय र रबिन्द्र जडेजाले एक एक विकेट लिए । अब न्युजिल्यान्डले उपाधिका लागि फाइनल खेल बिहीबार हुने इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको विजेता टोलीसँग खेल्ने छ । 
Image result for news land cricket team celebration
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।