बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोजपुर घटना : मृतक प्रहरीको शव धरानमा, नीरको परिवार सम्पर्कमै आएन

भोजपुर घटना : मृतक प्रहरीको शव धरानमा, नीरको परिवार सम्पर्कमै आएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भोजपुरमा विप्लव समूह र प्रहरी बीचको मुठभेटमा मारिएका प्रहरी जवान सन्जीब राईको शव हेलिकोप्टरबाट धरान ल्याइएको छ। सन्जीबका परिवार इटहरीमा बस्दै आएकोले परिवारको आग्रहमा धरानमा पोष्टमार्टम गर्ने गरि हेलिकोप्टबाट शव धरान ल्याइएको हो।

नेपाल समयसँग कुरागदै भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि  खतिवडाले  मृतक प्रहरी जवान सन्जीब राईको शव र घाइते सोम भट्टराइको थप उपचारको लागि घरान पठाइएको जानकारी दिए।

खतिवडाले प्रहरीको जवाफी कारबाहीमा मारिएका विप्लव समूहका निरकुमार राईका परिवार भने अहिलेसम्म सम्पर्कमा आएका छैनन्। विद्रोही विप्लव समूहका ओखलढुङ्गा इन्चार्ज निरकुमारको शव उनका परिवारलार्इ  जिम्मा लगाउने प्रयास भइरहेको र अहिलेसम्म सम्पर्कमा नआएका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए। निरकुमारको शव जिल्ला अस्पताल भोजपुरमै राखिएको छ।

विप्लव समूहको आक्रमणबाट प्रहरी जवानको मृत्यु भएपछि प्रहरीले उसमाथिको कारबाही तीव्र पार्ने संकेत गरेको छ। भोजपुरमा रहेका विप्लव समूहमाथी प्रहरीले सर्च अपरेशन बढाएको  छ। जिल्लामा रहेका प्रत्येक नाका सिल गरिएको छ भने अन्य छिमेकी जिल्लामा पनि प्रहरीले विप्लव समूहमाथिको कारबाही बढाएको सुरक्षा स्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।