शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. टोक्यो स्टक एक्सचेन्जमा सबैभन्दा तल्लो विन्दुमा आएर बुधबार कारोबार रोकिएको छ । अन्य स्टक एक्सचेन्जहरुमा निकेको २२५ रहेको छ । यो अवस्था अमेरिकी कांग्रेसमा फेडरल रिजर्बका प्रमुख जेरम पवेलको स्पष्टीकरणको अघिल्लो दिन देखिएको हो ।

२.अमेरिकाले रणनीतिक महत्वका जलमार्गहरुमा बहुपक्षीय छलफलबाट एउटा समीकरण स्थापना गर्न खोजीरहेको छ । विशेष गरेर भूमध्येपूर्वका जलमार्गहरुमा देखिएका रणनीतिक कठिनाईहरुका कारण अमेरिकाले यसो गर्न लागेको हो ।

३. चीन–अमेरिका व्यापार युद्धका कारण चिनियाँ उत्पादनहरुले ठूलो आघात खेपीरहेका छन् । तैपनि चिनियाँ वस्तुको बजार मूल्यमा परिवर्तन गरिएको छैन । चीन–अमेरिका व्यापार युद्धको दौरानमा विशेष गरेर चिनियाँ वस्तु अमेरिकी बजारमा बिक्रिवितरणका लागि निर्वाध रुपमा पाइरहेका सुविधाहरु अमेरिकी राष्ट्रपतिको निर्णयले रोकिएका छन् ।

४. थाईल्याण्डमा नागरिक सरकारका लागि सहुलियत परिस्थिति सिर्जना हुन सक्ने देखिएको छ । त्यहाँ सेनाद्वारा सरकारको नेतृत्व भईरहेको छ र आधारभूत कानून ‘मार्सल ल’ बाट निर्देशित भइरहेका छन् । यसबीच दुईहजार भन्दा बढी राजनीतिक बन्दीहरुलाई कारबाहीको दायरामा ल्याइएको छ । जब सन् २०१४ मा बर्तमान प्रधानमन्त्री प्रयुत चन ओचाले सत्ता कू गरेर शक्ति हासिल गरे त्यसयता राजकीय शक्तिका सबै निकायहरु सैन्य मुख्यालयबाटै परिचालित भइरहेका छन् ।

५. संयुक्त राज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो ।

६. पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुईजना गर्भवती समेत रहेको प्रहरीले जनाएको छ । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 
पपुवा न्यूगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला प्रान्तमा आदिवासी समुदायहरुबीच सदियौंदेखि हिंसात्मक झडप भइरहेका छन् । हेला प्रान्तमा विगत तीन दिनदेखि आदिवासी समुदायबीच हिंसात्मक झडप भइरहेको प्रहरीले जनाएको छ । हेला प्रान्तीय प्रशासक विलियम बान्डोले २४ जनाको मृत्यु भएको पुष्टी भइसकेको र घटनामा अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने बताए ।
घटनास्थल पुगेका प्रहरी र अरु सुरक्षा अधिकारीले पछिल्लो स्थितिको जानकारी गराउन बाँकी रहेकाले यसपटकको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बान्डोले बताए ।

७. अल्जेरियाले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बिआरआई) कार्यक्रमलाई औपचारिक रुपमा अनुमोदन गरेको छ । अल्जेरियाको एपीएस समाचार संस्थाका 
अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरिया गत वर्ष सेप्टेम्बरमा सहभागी भएको थियो । बिआरआई सम्बन्धी सहमतिपत्रमा अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलकादेर 
बेनसलाहले हस्ताक्षर गरेको र त्यसलाई सरकारी राजपत्रमा प्रकाशन गरिएको छ ।

८. विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ ।
मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम 
ब्रदरहुडको नामले चिनिन्छ । यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो । नाम नबताउने शर्तमा एक अधिकारीले अदालतको आदेशका विरुद्ध अपिल गरिने जानकारी दिए । एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेश ‘कानुनको उपहास’ भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ । 

९.सिरियाको पूर्वी क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ । डायर 
अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो । टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा छाडेको जनाएको छ । 
इस्लामिक स्टेट समूह परास्त भएका सिरियाका धेरै भूभागमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र बम भेटिने गरेका छन् ।
यी बिस्फोटक पदार्थमा परेर सर्वसाधारणको नियमित झैं ज्यान गइरहेका खबर दिनहुँ आउने गरेको पनि टेलिभिजनले उल्लेख गरेको छ ।

१०. अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था नाजुक 
भएपछि उनलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ट राजनीतिक फर्नान्डोको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।