बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुम्ला जिप दुर्घटना : २२ दिनपछि भेटियो उपाध्यक्षको शव

हुम्ला जिप दुर्घटना : २२ दिनपछि भेटियो उपाध्यक्षको शव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- गत असार ३ गते हुम्लामा भएको जिप दुर्घटना परी वेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सीन्धु हमाल (शाही) को शव २२ दिनपछि बुधबार भेटिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरका अनुसार सर्केगार्ड गाउँपालिका– ४ नागरास्थित कर्णाली नदी किनारमा उनको शव भेटिएको हो।

प्रहरीका अनुसार उपाध्यक्ष शाहीको औँठीबाट शवको पहिचान भएको हो। उपाध्यक्षका श्रीमान धिरेन्द्र शाहीले हातको औँठीकै आधारमा शव पहिचान गरेको डिएसपी घर्तीमगरले जानकारी दिए। शव बुधबार नै परिवारको जिम्मा लगाइएको छ।

लु १ ज ७६ नम्बरको जिप दुर्घटन हुँदा वेपत्ता भएका चालक मणि शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाई र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौ थानकोटका मिस्त्री राजु श्रेष्ठ लगायत दश जनाको अवस्था अझै अज्ञात रहेको छ।

घटना भएको २४ घण्टापछि सशस्त्र प्रहरी बल कुरिनटारबाट गएको गोताखोर टोलीले खोजेको थियो। तर वेपत्ताहरुको शव भेटाउन सकेको थिएन। शव नभेटिएपछि असार ५ गते आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन्। सिकारुले गाडी चलाउँदा दुर्घटनामा परेको जिप १६ सीट क्षमताको रहेको थियो।

स्थानीय लोकजंग शाहीले हेलिकप्टरबाट त्यहाँ पुर्याएको एउटा मात्रै जिप दुर्घटनापछि उक्त सडक खण्डमा यातायात सेवा स्वतः बन्द भएको छ। गाडी धनी शाहीले खार्पुनाथ यातायात प्रा.लि. मार्फत दैनिक जिप सञ्चालन गर्दै आएका थिए। खार्पुनाथ गाउँपालिका ५ को गाडी बेणु बिसौना र कैलेबालुको बीच खण्डबाट कर्णालीमा खसेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।