बुधबार, साउन २७, २०८३

श्रीमान्‌सँग मिलेर पूर्व प्रेमीको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कैलालीमा एक श्रीमतीले श्रीमानसँग मिलेर पूर्व प्रेमिको हत्या गरेकी छिन्। जिल्लाको चुरे गाउँपालिका- ६ मडमा श्रीमान/श्रीमती मिलेर एक जनाको हत्या गरेका हुन्। 

गुल्मी घर भई ज्याला मजदुरी गर्दै आइरहेका अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको हो। 

गत असार २२ गते श्रीमान/श्रीमती मिलेर हत्या गरि सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा प्रहरीले कुँवरको शव फेला पारेको जनाएको छ। कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लाल बहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कल्पनाका पूर्व प्रेमी रहेका कुँवरको हत्या गरि खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 
ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानीयले खोजी गरिरहेको जानकारी दिए। 

खोजी गर्दै जाँदा स्थानीयले हत्याको केही प्रमाण देखेपछि प्रहरीलाई जानकारी गराएको उनले बताए। प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखेको छ। घट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।