बिहीबार, वैशाख ३, २०८३

फाइनल पुग्न भारतलाई सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत भारतलाई फाइनल प्रवेशका लागि न्युजिल्यान्डले २ सय ४० रनको सामान्य लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन जोड्यो ।

मंगलबार सुरु भएको खेल वर्षले प्रभावित भएपछि खृल पुनः बुधबार सुरु भएको हो । मंगलबार साँझ खेल न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन जोड्दा भारी वर्षा भएपछि खेल रोकिएको थियो । विश्वकपमा बुधबार रिजर्भ डे भएकाले खेल रोकिएको ओभरबाट नै सुरु भएको हो । 

चौथो ओभरको तेस्रो बलमा टोलीको १ रन हुँदा पहिलो विकेटको रुपमा मार्टिन गुप्टिललाई गुमाएको न्युजिल्यान्डले १९ औं ओभरमा ६९ रन पुग्दा हेन्री निकोलसलाई गुमाएको थियो । 

खराव अवस्थाबाट गुज्रिएको न्युजिल्यान्डलाई कप्तान केन विलियमसनले सम्हालेका थिए । उनले निकोलससँग ६८ रनको साझेदारी गर्दा रोज टेयलरसँग ६५ रनको साझेदारी गरेका थिए । केनले ९५ बलमा ६ चौका प्रहार गर्दै ६७ रनको अर्धशतकीय पारी खेले । 

त्यस्तै टेयलरले ९० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ७४ रन जोडेका हुन् । यसअघि पहिलो विकेटको रुपमा १ रनको गुप्टिल आउट हुँदा २८ रनामा निकोलस पेभिलियन फर्किएका थिए । जेम्स नीशामले १२, कोलिन डे ग्रान्डोमेले १६, टोम लाथमले १० रन जोडे । 

त्यस्तै मिचेल सान्टर ९ र बोल्ट ३ रनमा अविजित रहे । भारतका लागि भुवनेश्वर कुमारले तीन तथा जसप्रित बुम्राह, युजेन्द्र चाहल, हार्दीक पाण्डेय र रबिन्द्र जडेजाले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।