बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिवि ६० वर्षमा : यस वर्ष ७० हजार ७७ विद्यार्थी उत्तीर्ण

त्रिवि ६० वर्षमा : यस वर्ष ७० हजार ७७ विद्यार्थी उत्तीर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - त्रिभुवन विश्वविद्यालयबाट यस वर्ष कुल ७० हजार ७७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।  पाँचवटा अध्ययन संस्थानबाट ११ हजार ९ सय १२ र चार वटा संकायबाट ५८ हजार १ सय ६५ जना गरी कुल ७० हजार ७७ जना विद्यार्थी उत्तीर्ण भएका हुन्। 

त्रिविको ६० औं वार्षिक दिवसका अवसरमा आयोजित वार्षिक दिवस बैठकले त्रिविको ५७ औं ग्रेस लिस्ट पारित गरेको छ। बैठक त्रिवि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो।

व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८ जना, शिक्षाशास्त्र संकायबाट २० हजार ६ जना, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १३ हजार ६ सय ९५ जना र कानुन संकायबाट १ हजार ६ सय ६६ जना उत्तीर्ण भएका छन्। 

त्यस्तैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ४ सय ५२ जना, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ९ सय ७२ जना, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ७ सय १९ जना, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट ५ सय ५ जना र वन विज्ञान अध्ययन संस्थानबाट २ सय ६४ जना उत्तीर्ण भएका हुन्। 

यो संख्या गत वर्ष २०७५ असार १ गतेदेखि २०७६ जेठ मसान्तसम्म विभिन्न तहमा उत्तीर्ण भई ट्रान्सक्रिप्ट पाएका विद्यार्थीको हो। गत वर्ष ५६ औं ग्रेसलिस्टमा ७३ हजार ९ सय १ जना विद्यार्थी उत्तीर्ण भएका थिए।

वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयले देशको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए। उनले विश्वविद्यालयबाट प्राविधिक शिक्षातर्फ जनशक्ति वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे।

बैठकलाई सम्बोधन गर्दै सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको व्यवस्थापनलाई दिगो प्रणालीमा ढाल्न समस्या रहेको बताए। त्रिवि उपकुलपति तीर्थराज खनियाँले ६० वर्षे इतिहासमा त्रिविले मुलुकको सर्वांगीण विकासमा अहम् भूमिका निर्वाह गरेको बताए।

वार्षिक दिवसको अवसरमा प्रमुख अतिथि एवं प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको स्थापना कालदेखि २०३९ सालसम्मको इतिहास लेखन पुस्तकको विमोचन गरे। यस्तै त्रिविको भिजन २०२०–३०, त्रिवि विशेषांक र त्रिवि टुडे प्रकाशन विमोचन गरिएको थियो। साथै कुलपतिबाट त्रिविको झण्डोत्तोलन, राष्ट्रिय झण्डोत्तोलन र त्रिवि उपकुलपति कार्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।