बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस-राजपाको अवरोध जारीः सभामुखले पेलेर पाँच मिनेट चलाए संसद

कांग्रेस-राजपाको अवरोध जारीः सभामुखले पेलेर पाँच मिनेट चलाए संसद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा)ले संघीय संसदमा अवरोध जारी राखेको छ।

सर्लाहीमा भएको कुमार पौडेल र सरोज नारायण सिंहको हत्या सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै कांग्रेस र राजपाले मंगलबारदेखि संसद अवरुद्ध गरेको हो।

दुबै दलको अवरोधका कारण मंगलबार संसदको कुनै गतिविधि अगाडि बढ्न सकेको थिएन।

तर, बुधबार सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दलहरुलाई पेलेरै केहीबेर संसद चलाएका छन्।

राष्ट्रिय सभाबाट पारित भई आएको सन्देशसहितको विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ प्रतिनिधि सभामा बाचन गरिएको छ।

कांग्रेस र राजपाको नारावाजीकाबीच सचिव गोपालनाथ योगीले उक्त सन्देश बाचन गरेका थिए। प्रतिनिधिसभा आगामी सोमबारसम्मका लागि स्थगित भएको छ।

यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमतिको प्रयास भएको थियो। तर, छानविन समिति गठन हुनै पर्ने अडान कांग्रेस र राजपाले राखेपछि सहमति हुन सकेको थिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।