बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बडुको प्रस्ताव : समायोजन हुने प्रहरीको एक तह स्वतः बढुवा

बडुको प्रस्ताव : समायोजन हुने प्रहरीको एक तह स्वतः बढुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतः बढुवा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सांसद बडुले प्रदेश प्रहरीमा जाने प्रहरीको मनोबललाई कमजोर हुन नदिन पनि त्यहाँ जाने प्रहरीहरुको एक तह स्वतः बढुवा गर्नुपर्ने स्पष्ट पारे।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सशस्त्र प्रहरी बल र निजामती सेवाका कर्मचारीको हकमा लागू भइसकेको यो व्यवस्था नेपाल प्रहरीमा लागू गर्न कसैले पनि कन्जुस्याई गर्न नहुने तर्क गरे।

विधेयकमा करिब २० हजार प्रहरी कर्मचारी संघ मातहत रहने र अन्यलाई प्रदेश प्रहरी मातहत राख्ने प्रस्ताव गरिएको छ। सांसद बडुले प्रदेशमा समायोजन भएर जाने प्रहरीको मनोबललाई उठाउन पनि उनीहरुको एक तह स्वतः बढुवा गर्न उपयुक्त हुने धारणा समितिमा पेश गरेका थिए।

विधेयकमा २० हजार प्रहरी संघमा र करिव ५५ हजार प्रहरी प्रदेश प्रहरीमा समायोजन हुने उल्लेख गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।