बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पति छविराजविरुद्ध अभिनेत्री शिल्पाले किन दिइन् उजुरी ?

पति छविराजविरुद्ध अभिनेत्री शिल्पाले किन दिइन् उजुरी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– फिल्म निर्माता छविराज ओझा तथा उनकी श्रीमती तथा अभिनेत्री सिल्पा पोखरेलको विवाद प्रहरीसम्म पुगेको छ । सिल्पाले आफ्ना पति छविराज ओझाले आफुमाथि  हातपात गरेको भन्दै शान्तिसुरक्षाको माग गरेकी हुन्।

सिल्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफु श्रीमानबाट निरन्तर हिंसामा परेको उजुरी दिएकी हुन्। अभिनेत्री रेखा थापासँग वैवाहिक सम्बन्ध विच्छेद पछि फिल्म निर्माता ओझा तेस्रो श्रीमतीको रुपमा सिल्पालाई भित्र्याएका थिए।

आफुभन्दा दोव्वर उमेरका ओझासंग सिल्पाले सम्बन्ध विच्छेदको माग राखेपछि दुवैजना बीचको सम्बन्ध विग्रेको थियो। सिल्पालाई ओझाले आफुले निर्माण गरेको 'लज्जा' चलचित्रबाट डेब्यु गराएका थिए। उनीहरुको विवाह तिनवर्ष पहिले भएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी हबिन्द्र बोगटीका अनुसार सिल्पा पोखरेलले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग राखि निवेदन दिएको र परिसरले उनको श्रीमान्लाई सोधपुछ सुरु गर्न लागेको जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।