बुधबार, साउन २७, २०८३

शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको मृत्यु    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको मृत्यु भएको छ ।
 
भारतमा उपचार भइरहदा उनको मृत्यु भएको घर परिवारले जनाएका छन् । भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीलाई शिक्षकले कुटपिट गरेका थिए। 

विद्यालय बाहिर साथीभाइसँग झै–झगडा गरेको विषयलाई आधार बनाएर विद्यालयका प्रधानाध्यापक सहितका शिक्षकले कलौनीलाई कुटपिट गरेको उनको परिवारले जनाउदै आएका थिए ।

९ कक्षामा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बुवा बृहस्पति कलौनीले बताए । प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले कुटपिट गरेर घाइते बनाएको उनले बताए । 

कुटपिटबाट कलौनीको टाउको र छातीमा चोट लागेको थियो भने दायाँखुट्टा भाँचिएको बुवा बृहस्पतिले बताए । शव बुधबार भारतबाट नेपाल  ल्याइन लागेको परिवाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।