ओखढुंगा- ओखढुंगाको मानेभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
बुधबार बिहान करिब ३ बजे तिर काँकडभिट्टाबाट सोलुखुम्बुका जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस भिरबाट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनमा परि ज्यान गुमाउनेहरुको नाम नखुले पनि दुुई जना पुरुष र एक जना महिला रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई काठमाडौं ल्याइएको छ । बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बाटो चिप्लो भएर बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४